Logo

समाचार

अवरुद्ध नारायणगढ–मुग्लिन सकड दुईतर्फी सञ्चालन



मुग्लिन । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २:४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

लेदो हटाएर बिहान ५:१० बजे दुइतर्फी पुन: सञ्चालन गरिएको सडकमा पुन ६:१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो । अहिले ६:३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : १६ बजे