Logo

Breaking News 1

नवनियुक्त शहरी विकासमन्त्रीको पहिलो निर्णय: प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीबाट शहरी विकासमन्त्री नियुक्त भएका मेटमणि चौधरीले पदभार ग्रहण गरेका छन् ।

आइतबार बिहान राष्ट्रपति भवनमा सपथ लिएपछि सिंहदरबारमा पुगेर मन्त्री चौधरीले पदभार ग्रहण गरेका हुन् ।

उनले कार्यभार सम्हालेपछि पहिलो काम स्वरुप प्रस्तावित शहरी नीतिलाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । पदभार ग्रहण गर्दै चौधरीले आफ्नो क्षमताअनुसार इमान्दार भएर काम गर्ने बताए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : ५९ बजे