काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको पहिलो केन्द्रीय परिषद बैठक सुरु भएको छ ।
नेपाल प्रज्ञा भवन, कमलादीमा सुरु भएको बैठकमा देश तथा प्रवासबाटसमेत १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन ।
मन्त्रीमण्डल पुर्नगठनको बिषयलाई लिएर आन्तरिक बिबादमा मुछिएको नेकपा एसले पार्टी भावी रणनीति र योजनाका बारेमा अध्यक्ष नेपाल र महासचिव बेदुराम भुषाललगायतका प्रतिवेदनमाथी छलफल गर्नेछ ।
बैठकमा पार्टीको सांगठानिक गतिविधि, स्थानीय चुनावको समीक्षा, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने बताईएको छ ।
प्रतिक्रिया