Logo

Breaking News 1

नेकपा एसको पहिलो केन्द्रिय परिषद बैठक बस्दै



काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको पहिलो केन्द्रिय परिषदको बैठक आजवाट सुरु हुँदैछ ।

नेपाल प्रज्ञा भवन, कमलादीमा बस्ने सो बैठकमा देश तथा प्रवासबाटसमेत १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन ।

मन्त्रीमण्डल पुर्नगठनको बिषयलाई लिएर आन्तरिक बिबादमा मुछिएको नेकपा एसले पार्टी भावी रणनीति र योजनाका बारेमा अध्यक्ष नेपाल र महासचिव बेदुराम भुषाललगायतका प्रतिवेदनमाथी छलफल गर्नेछ ।

बैठकमा पार्टीको सांगठानिक गतिविधि, स्थानीय चुनावको समीक्षा, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने बताईएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १० : ०८ बजे