काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी बढुवाविरुद्व परेको मुद्वाको सुनुवाई आज हुँदैछ ।
जेठ ३० गतेबाट सुरू भएपनि मुद्दाको बहस हेर्दाहेर्दैमा पर्दै आएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् ।
यसअघि निवेदन तर्फका कानुन व्यवसायीले बहस गरेका थिए ।
एआईजी विश्वराज पोखरेलले कनिष्ठ व्यक्ति धिरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया