काठमाडौं । रोल्पा, रसुवा र चितवनमा तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
रोल्पाको रोल्पा नगरपालिका-२ धैरे पोखरास्थित जंगलको ओढारमा सोही नगरपालिका-९ घर भएका ६३ वर्षीय हर्क वहादुर राना शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका-२ टिमुरे घट्टेखोलास्थित होटलको कोठामा सिन्धुली हरिहरपुर गाउँपालिका-३ घर भएका ४२ वर्षीय सोम कुमार श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेका छन् ।
टिमुरेस्थित निर्माणाधिन रसुवागढी हाईड्रो पावरमा जेनेरेटर फिट गर्नको लागि आई उक्त होटलमा बसेकोमा उनी सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।
चितवनको भरतपुर महानगरपालिका-९ मिलनचोक बस्ने २२ वर्षीय विनोद घिमिरे नवलपरासी विनयीत्रिवेणी गाउँपालिका-७ ब्यारेज पुलस्थित नारायणी नदीको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
गत बिहीबारबाट बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त ठाउँमा शव फेला परेको हो ।
घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया