काठमाडौं । काठमाडौँको चन्द्रागिरीको जंगलबाट तीन जना विदेशी नागरिकको उद्दार भएको छ । घुम्न गएका उनीहरु बाटो भुलेर हराइरहेका थिए ।
थानकोटबाट करिब ७ किलोमिटर माथि जङ्गलस्थित थानकोट–चित्लाङ सडकखण्डको १०० मिटर तल भिरमा फसेको अवस्थामा उनीहरुको उद्दार गरिएको हो ।
प्रहरी प्रभाग थानकोटको टोलीले उनीहरुलाई फेला पारेको हो । शनिबार साँझ प्रभागलाई खबर आएपछि परिचालित प्रहरी टोलीले उनीहरुको उद्दार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता उमेशराज मैनालीले जानकारी दिए ।
उद्धार भएकाहरुमा अमेरकी नागरिक डग्लस रो तथा भारतीय नागरिक नवप्रित डिलोन र माधव गुप्ता रहेका छन् ।
प्रतिक्रिया