Logo

Breaking News 1

‘प्रधानन्यायाधीसविरुद्वको महाअभियोग आजै समितिमा लगेर सुनुवाइ होस्’: सांसद अधिकारी



काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले निलम्बित प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराविरुद्वको महाअभियोग प्रस्ताव शिघ्र अगाडि बढाउन माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले जबराविरुद्वको महाअभियोग प्रस्ताव तत्काल समितिमा पठाएर सुनुवाई गर्न माग गरेका हुन् ।

महाअभियोग प्रस्ताव संसदीय समिति लगेर छानबिन नगरिए त्यो संविधानको दुरुपयोग हुने उनको भनाई रहेको थियो ।

महाअभियोगको प्रस्ताव समितिमा नलैजानु असक्षमता हो भएको भन्दै अधिकारीले यसको साझी प्रतिनिधिसभा हुनु नहुने बताए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : ०३ बजे