Logo

Breaking News 1

‘मन्त्रिपरिषद् पुनर्गठन आजै हुन सक्छ’: अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सम्भवत: आजै मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठक छिटोभन्दा छिटो मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आग्रह गरेको बताए ।

‘छिटोभन्दा छिटो मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । सम्भवत आजै पुनर्गठन हुन सक्छ,’ अध्यक्ष नेपालले भने ।

मन्त्रिपरिषद् पुनर्गठनका लागि कतिपय मन्त्रीले आफूलाई राजीनामा बुझाइसकेको बताएका छन् । अन्य मन्त्रीहरुले पनि राजीनामा दिने उनले विश्वास व्यक्त गरे ।

यस्तै, नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनले निरन्तरता पाउने दाबी गरे । गठबन्धनको आवश्यकता अझै नसकिएको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धनले निरन्तरता पाउने उनले बताए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १२ : ३९ बजे