Logo

मनोरञ्जन

पप गायक विजय लामाले ल्याए ‘नलाउ भन्छु माया’



काठमाडौं । पप गायक विजय लामाले आफ्नो नयाँ गीत ‘नलाउ भन्छु माया’को भिडियो सार्वजनिक गरेका छन् ।

गीतकार, गायक तथा संगीतकार सञ्जिव पुडासैनीको शब्द सृजना तथा संगीतमा तयार भएको सार्वजनिक भिडियोमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । जसमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय देख्न सकिन्छ ।

शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको गीतमा किशान श्रेष्ठको मिक्स एण्ड मास्टरिङ छ । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोको सुटिङ नगरकोटमा गरिएको हो ।

गायक लामाका तोङ्बाको तातो पानी, नखानु पानी तोङ्बाको, ए कान्छी तिमीलाई, भोलि फर्की आउँछु आउँदिनलगायतका गीतहरुले राम्रो चर्चा कमाएका छन् । भिडियो उनको आफ्नै युट्युब च्यानल विजय लामा अफिसियलबाट बजारमा ल्याइएको हो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १० : ३९ बजे