Logo

समाचार

रोल्पामा एक महिला मृत फेला



रोल्पा । रोल्पामा एक महिला मृत फेला परेकी छिन् । मृतक महिला रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक भएको प्रहरीले जनाएको छ ।

मृतक विक घरेलु तथा साना उद्योग विकास कार्यालय रोल्पाले सदरमुकाम लिवाङमा संचालन गरेको ब्युटी पार्लर तालिममा सहभागी हुन केही समय अघि सदरमुकाम लिवाङ आएकी थिइन् । उनी घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको होस्टेलमा बसेकी थिइन् ।

मृतक सुतेको कोठामा सर्पसमेत देखिएको र सर्पले टोकेको जस्तो घाउ देखिएकाले सर्पले टोकेको हुन सक्ने आशंका प्रहरीको छ ।

मृतक किशोरीको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : २२ बजे