काठमाडौं । प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
प्राकृतिक विपत्तिबाट नागरिकको जीउधनको सुरक्षा गर्न र सावधानी अपनाउन माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको हो ।
सांसद डा. डिला संग्रौला पन्त प्रस्तावक र सांसदहरू देवप्रसाद तिमिल्सिना र प्रकाश रसाइली स्नेहीको समर्थनमा प्रस्ताव दर्ता गराइएको हो ।
प्रस्तावमार्फत उनीहरूले नेपालमा हरेक वर्ष वर्षायाममा बाढी, पहिरो, चट्याङ तथा डुवानका कारण धनजनको क्षति हुने गरेको भन्दै न्यूनीकरणका लागि समयमैप्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता आवश्यक तयारी गर्न माग गरेका छन् ।
यसैगरी भारतले अन्तर्राष्ट्रिय सन्धिसम्झौता विपरीत बाँध, तटबन्ध र सडकको निर्माण गरेकाले वास्तविकता समस्या पत्ता लगाई स्थायी समाधानका लागि पहल गर्नेलगायत विषयमा छलफल गर्न माग गरिएको छ ।
प्रतिक्रिया