Logo

समाचार

पहिरोका कारण भिमफेदी-काठमाडौं सवारी आवागमन प्रभावित



काठमाडौं । मकवानपुरको ईन्द्रसरोवर गाँउपालिका-३ रामचन्द्र भञ्ज्याङमा पहिरो खस्दा भिमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सवारी आवागमन आइतबारबेलुकीबाट पूर्ण रुपमा प्रभावित भएको छ ।

अविरल बर्षाको कारण अन्दाजी १० मिटर सडकमा पहिरो खसेकाले सडक पुर्ण रुपमा बन्द भएको हो ।

आइतबार बेलुकी पौने ८ बजे बाट अवरुद्ध सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ११ : ५७ बजे