Logo

मुख्य समाचार

काठमाडौं जिल्ला अदालतबाट फरार अभियुक्त पक्राउ



काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार म्याद थपका लागि अदालत पुर्याइएका सप्तरीको कचन गाउँपालिकाका अनिल ठाकुर अदालत परिसरबाटै फरार भएका थिए ।

उनी लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनलाई फरार भएको तीन घण्टापछि कोटेश्वरबाट नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ८ : ४९ बजे