Logo

Breaking News 1

प्रधानमन्त्रीलाई अनुपस्थितिको कारण सोध्ने संसदीय समितिको निर्णय



काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नगएपछि समितिले देउवालाई अनुपस्थितिको कारण सोध्ने भएको छ ।

बैठकमा सांसदहरुबीचको चर्को भनाभनपछि प्रधानमन्त्रीलाई कारण सोध्ने निर्णय भएको हो ।

‘प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा अन्तिम क्षणमा सचिवालयमार्फत समितिलाई उपस्थित नहुने जानकारी गराउनुभयो । प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरियो,समिति सभापति पवित्रा निरौला खरेलले भनिन् ।’

निरौलाले प्रधानमन्त्रीले समितिको बैठकमा नआएर समितिको अपमान गरेको महसुस भएको बताएकी छिन् ।

समितिले प्रधानमन्त्रीलाई आज आइतबार आसन्न अमेरिका भ्रमण र विवादित बनिरहेको एसपीपीकाबारेमा जानकारी दिन बोलाएको थियो । तर, देउवा बैठकमा नगएका हुन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ३ : १० बजे