Logo

Breaking News 1

दुर्गा प्रसाईले युएईबाट बोलाएका राजकुमार ‘नक्कली राजकुमार’ !



काठमाडौं । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त अरब इमिरेट्स (युएई) का राजकुमार भनिएका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नक्कली राजकुमार रहेको पाइएको छ ।

व्यवसायी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईको निमन्त्रणामा नेपाल आएका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम युएईका राजकुमार नभएको खुलेको छ ।

उनी राजपरिवारका आफन्ती भने भएको पाइएको छ । नेपाल आएका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम हुन भने युएईका असली राजकुमार शेख हमदान बिन मोहमद बिन रसिद अल मक्तुम हुन् ।

युएईमा राजकुमार नेपाल आउँदा कूटनीतिक माध्यमबाट आउनुपर्ने हुन्छ । यसका लागि सरकारले राजकुमारको लागि उच्च सुरक्षा व्यवस्थासमेत व्यवस्था गर्नुपर्ने हुन्छ । तर शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आउँदा परराष्ट्र मन्त्रालय लगाएर सुरक्षा निकायका अधिकारीहरुलाई नै थाहा नभएको पाइएको छ ।

दुबईको जनसङ्ख्या थोरै छ, त्यहाँ शाही परिवारसँग प्राय सबैको नाता पर्छ। प्राय सबैले आफूलाई अधिराजकुमार भन्ने गर्छन्। त्यस्तै मध्येका एक अधिराजकुमार नेपाल आएको बुझियो। दुबईका वास्तविक क्राउन प्रिन्स झापा आएका होइनन्।

राजकुमार बनेर आएका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले प्रसाईँलाई ल्याएको सुनको लौरोले झनै यस विषयमा चर्चा सुरु भएको छ । भन्सार विभागले यस सम्बन्धी अनुसन्धानसमेत सुरु गरिसकेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : ३५ बजे