Logo

Breaking News 1

गठबन्धन दलको बैठक: एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने सहमति



काठमाडौं । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को बारेमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने निर्णय गरेको छ ।

शिर्ष नेताहरुबीच भएको छलफलमा सर्वदलीय बैठक बोलाएर छलफल गर्ने सहमति भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेता झलनाथ खनाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी थिए ।

सर्वदलीय बैठकको मिति भने तय भइसकेको छैन । एक दुई दिनभित्रै बैठक बोलाउने बताइएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १२ : ५९ बजे