रोल्पा । औसत मानिस चाहन्छन जीवनको आखिरी क्षण परिवारको सुखसयलमै बितोस र त्यहीँ देह–त्याग होस्, तर उनी भने अपवाद बन्न पुगे र भइदियो कि यस्तो जीवनको उत्तरार्द्धमा उनी जापानको सुखसयल र सम्पन्नता छोडेर विकासोन्मुख देशको दुर्गम बस्तीतिर निस्किए । त्यो पनि युद्धले छियाछिया बनाएका बस्तीहरुमा जुन युद्धका मिठा मिठा प्रतिज्ञा गरेर गाउँबस्ती छिरेका नेताहरू अहिले शहर पसेका छन् । गाउँ र त्यहाँका व्यथा एकादेशको कथा जस्तै बनिसकेको छ । अहिले सुन्दा अचम्म लाग्छ नौडाँडा परिका एक वृद्धा भने नेपालको दुर्गम बस्तीमा काम गर्दै आएका छन् अर्थात् उनी शहर छोडेर गाउँ पसेका छन् । विकसित देश जापानमा ४० बर्ष चिकित्सक रहेका उनी बाँकी जीवन कुनै दुर्गम क्षेत्रको स्वास्थ्यसेवामा समर्पित गर्ने अठोट लिएर नेपाल आइपुगे । उनको नाम हो डाक्टर र्युचिकी इशिदा जापानमा चारदशक अर्थोपेडिक चिकित्सक समेत रहेका उनी अवकाशपछीको बाँकी जीवन नेपालको दुर्गम क्षेत्रको स्वास्थ्यसेवा गर्दै बिताइरहेका छन् ।
१४ बर्षअघि नेपाल आएका इशिदा दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्यसेवामै बाँकी जीवन समर्पित गर्नेमात्र होइन यहीँ देह–त्याग पनि गर्न चाहन्छ्न । अहिले थबाङस्थित जलजला अस्पताल तथा अनुसन्धान केन्द्रमा १३ बर्षदेखि स्वास्थ्य सेवा दिनमा ब्यस्त छन् । जापानमा आफूले चिकित्सक क्षेत्रमा बटुलेका अनुभव अहिले थबाङका नागरिकको उपचार गर्न उपयोग भइरहेको छ । उनले जीवनको आनन्द भेट्टाइरहेका थुप्रै दृष्टान्त रहेको बताउछन् । आफूले जापानमा ४० बर्षसम्म काम गर्दा नपाएको खुशी १३ बर्ष यहाँका नागरिकको उपचार गर्न पाउदा पाएको उनी बताँउछन् । उनी भन्छन्, ‘जीवनको अन्तिम साससम्म यहाँका नागरिकको उपचार गर्न चाहन्छु ।’ उनी मेडिकल विद्यार्थीको रूपमा पहिलो पटक नेपाल आएका थिए।त्यतिबेलाको समयमा उनी केवल एक लक्का जवान थिए र भर्खरै २१ बर्षमा पुगेका थिए । त्यहीँ बेला पाल्पाको तानसेनमा क्षयरोगको भ्याक्सिन अभियान चलिरहेको थियो ।
त्यो बेलाको अवस्था निकै जटिल थियो, यहाँका जनताले सामान्य उपचार समेत पाउने स्थिति थिएन । त्यसमाथि युद्धका क्रममा घाइते, अपाङ्गता भएकाको अवस्था झनै दयनीय अवस्था थियो।
उनी पाल्पाको तानसेन हुँदै बागलुङसम्मको खोप अभियानमा सहभागी हुन पुगेका थिए । उनले ग्रामीण क्षेत्रमा भेगका स्वास्थ्य अवस्थाको डरलाग्दो कहाँनी देखे–वर्षौंदेखि रोग पालेर बसेका, कहिल्यै स्वास्थ्य उपचार नपाएका अवस्था देखेर भाबुक भएको र ग्रामीण भेगमा स्वास्थ्य क्षेत्रमा धेरै काम गर्नुपर्ने महशुस गरेको बताए । त्यतिबेला उनले गरेको बाचा अहिले पुरा भएको बताउदै र्युचिकि इशिदा बताउछन ‘कुरा कुनै दिन नेपाल फर्किएर दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्नेछु ।’
पहाडी भेगमा जनतासँग गरेको त्यो बाचा पूरा गर्न उनलाई ४० बर्ष लाग्यो । जापानमा चिकित्सकका रूपमा चारदशक बिताए । त्यो अन्तरालमा उनले नेपाल आउने फुर्सद पाएका थिएन्न जब रिटायर्ड भए, आफूले पहाडी भेगका मानिससँग गरेको त्यो बाचा झल्झली सम्झिए । रिटायर्ड हुँदा उनको उमेर ६० बर्ष थियो । मेरो आवश्यकता यहाँ होइन,अन्यत्रै छ भन्ने अनुभुतीले उनलाई जापानमा राम्रोसंँग निदाउन दिएनन् । जापानको अनुभवलाई दुर्गम क्षेत्रका नागरिकको सेवामा सदुपयोग गर्छु भन्ने चाहनाले उनलाई जापानको सुविधासम्पन्न सहरबाट नेपालको दुर्गम गाउँमा ल्याइदियो । नेपाल आएको १३ बर्ष भैइसकेको छ । बाकी जीवन यिनै पहाडी भेगका मानिसको स्वास्थ्य सेवामा बिताउछु भन्ने सोचेर आइपुगेको उनले बताए । नेपाल आएको करिब एक बर्ष काठमाण्डौंको वीर अस्पतालमा स्वयंसेवकको रूपमा काम गरेको र त्यहाँ उनले नेपालमा चिकित्सकले काम गर्ने तौरतरिका बुझ्ने मौका पाए । त्यसपछि उनले दुर्गम क्षेत्रमा स्वास्थ्यसेवा दिन भनेर रुकुम पश्चिमको चौरजहारी अस्पतालमा काम गर्न आए र केही बर्ष चौरजहारी अस्पतालमा बिताए । रुकुमको छिमेकी जिल्ला रोल्पाको थबाङ गाउँको बारेमा उनले धेरै सुनेका थिए । माओवादी केन्द्रको आधार इलाका रहेको यो गाउँ युद्धकालिन समयमा निकै चर्चामा थियो, नेपाल आउँदा भर्खरै युद्धविराम भएको उनी बताउछन् । त्यसको केही बर्षपछी तीन दिन हिडेर त्यहाँ पुगेका थिए युद्धकालिन समयमा थुप्रै भौतिक तथा मानवीय क्षेती व्यहोरेको यो गाउँमा पुग्दा सिंगो गाउँ क्षतविक्षद थियो । युद्धका क्रममा राज्यपक्षबाट(नेपाली सेना)त्यहाँका घरहरू मात्र जलाइएको थिएन्न, थबाङबासीका मनहरु समेत जलेका थिए ।
‘थबाङका हरेक मानिससँग युद्धको घाउहरु ताजै रहेको छ । त्यसमा मल्हम लगाउने, त्यसमाथि नेपाली सेनाले स्वास्थ्य चौकी समेत जलाएर ध्वस्त पारेका थिए । सानो अस्थायी छाप्रोमा थियो, स्वास्थ्य चौकीमा एकजना सिएमएको भरमा चलाइएको हुँदा गतिलो उपचारको सेवा थिएन । त्यो समयमा राज्यपक्षबाट यहाँको स्वास्थ्य क्षेत्रमा ध्यान पुगेको थिएन । न एन्जीओको आँखा पुगेको थियो,’ उनले भने ‘त्यो बेलाको अवस्था निकै जटिल थियो, यहाँका जनताले सामान्य उपचार समेत पाउने स्थिति थिएन । त्यसमाथि युद्धका क्रममा घाइते, अपाङ्गता भएकाको अवस्था झनै दयनीय अवस्था थियो।’
एकदिन उनले महिलाहरूले जंगलमा गएर बच्चा जन्माउनु परेको कुरा सुने त्यसपछि उनको मनमा चिसो पस्यो । उनलाई स्वास्थ्य सेवाको खास आवश्यकता यहीँ रहेको बताए । त्यसअघि विभिन्न दुर्गम गाउँहरुमा स्वास्थ्यसेवा दिदै, हिडेका उनको मन थबाङमा आएर अडिएको बताए । यहीँका जनताको स्वास्थ्य सेवामा आफ्नो जीवन समर्पित गर्ने समेत बताए । अहिले १२ बर्ष नाघ्यो, भनिन्छ नि १२ बर्षपछी खोलो फर्किन्छ तर थबाङ छाडेर कतै गएका छैनन् र जाने पक्षमा पनि नरहेको डाक्टर र्युचिकी इशिदा बताउँछन् । यसबीच थबाङ गाउँमा स्वास्थ्य क्षेत्रमा धेरै फेरबदल भएको छ । कुनै समयमा अस्थायी स्वास्थ्य चौकी अहिले जलजला अस्पताल तथा अनुसन्धान केन्द्रमा परिणत भएको छ । डाक्टर इशिदाले अस्पतालका लागि चाहिने स्रोत साधन जुटाउन जापानमा अवकाश हुदाँ पाएको पैसा सहयोग गरेका छन् । उनलाई जापान सरकारले दिदै आएको पेन्सन भत्ता यहाँको स्वास्थ्य क्षेत्रको अनुसन्धान केन्द्रमा परिणत भएको छ ।
उनी यहाँको स्वास्थ्य क्षेत्रको विकासमा लगिपरेका छन् जसको फलस्वरूप अस्पतालमा अहिले ओपिडी, मिनी अपरेसन थिएटर, एक्सरे, भिडियो एक्सरे र वार्डको व्यवस्था रहेको छ । ठूला औषधी उपचार बाहेक सबैखालेको स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्दैन । त्यसमाथि यहाँका जनताको स्वास्थ्य उपचारको लागि डा.इशिदा २४ सै घण्टा खटिन्छ्न । उपचार बापत कुनै बिरामीसँग शुल्क लिएका छैनन बरु बिरामीलाई बाहिर उपचारका लागि जानुपरेमा रकम सहयोग गर्छन् । केही महिना अगाडिको घटना यस्तो थियो, एकजना बिरामीको हड्डी भित्रभित्रै गल्दै गएको थियो । अस्पतालमा उपचार सम्भव भएन र बाहिर रिफर गर्ने भयो तर बिरामीसँग पैसा रहेनछ । डा.इशिदाले ३८ हजार दिएर ती बिरामीलाई काठमाडौं उपचार गर्ने जोहो गरिदिए । जापान सरकारबाट आफूले पाउने गरेको पेन्सनको पैसा बिरामी र दिन दुःखीका लागि खर्चिन्छ्न ।
एकदिन उनले महिलाहरूले जंगलमा गएर बच्चा जन्माउनु परेको कुरा सुने त्यसपछि उनको मनमा चिसो पस्यो । उनलाई स्वास्थ्य सेवाको खास आवश्यकता यहीँ रहेको बताए ।
अस्पताल विकासको लागि पनि उत्तिकै सहयोग गर्दै आएका छन्।भन्छन्, ‘जे जति सक्छु यहाँका जनताको स्वास्थ्य उपचारमा सहयोग गर्न चाहन्छु ।’ माओवादी द्वन्द्वचरम उत्कर्षमा हुँदा निकै मारभोगेका यहाँका नागरिकले परिवारका सदस्य नगुमाएको घर भेट्न मुश्किल हुन्छ । विछोडको पिडामा अभावले नून छर्किरहन्छ, हमला गरिरहन्छ र रोग र भोकले साम्यवादको सपना देखाउनेहरु शहर पसेका छन् ,तर सात समुद्र पारिबाट आएका पाहुनाले द्वन्द्वको घाउमा मल्हम लगाइरहेको छ । थबाङबासीले उनलाई भगवान् मान्छ्न र उनप्रती श्रर्द्धाको भावना व्यक्त गर्छन् र भन्छन्,डाक्टर इशिदा हाम्रा लागि मानिसको अबतारमा भगवान् बनेर आए, उनप्रती सिंगो थबाङ आभारी छ । उसो त इशिदालाई पनि थबाङबासीसँग एक किसिमको प्रेम छ । यहाँका जनता ईमानदार र दयालु छन् र यहाँबाट जुन माया पाएको छु, त्यो अन्यत्र पाउदिन थिए होला । थबाङका जनतालाई छोडेर अन्यत्र कतै जान सकेका छैनन् । न त यहाँका जनताले नै उनलाई कहिँ जान दिएका छैनन्।
र्युचिकी इशिदाका एक श्रीमती, तिन छोरा र एक छोरी छन् भने उनीहरू सबै जापानमै छन् । परिवारले बारम्बार उनलाई जापान फर्कन आग्रह गरिरहेका छन् । तर उनको मन थबाङमा बसिसकेको छ । यहाँको जनताको सेवा गर्न पाएकोमा खुशी र मायाले उनले जापानको त्यो सम्पन्नता र विलासी जीवनलाई बिर्साइदिएको छ ।
प्रतिक्रिया