Logo

समाचार

जीप दुर्घटनामा चालक र सहचालकको मृत्यु



सुर्खेत । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ । राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्काको ज्यान गएको हो ।

प्रहरीका अनुसार जीप अनियन्त्रित भएर भेरी ननीमा खसेको थियो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ६ : ३९ बजे