Logo

समाचार

‘जुनियर आइडल वर्ल्ड’ मा सहभागी टिम थाइल्याण्डबाट नेपाल फर्कियो



काठमाडौं । मर्निङ ग्लोरी इन्टरटेनमेन्ट म्यानेजिङ डाइरेक्टर मोहना मोथे खनालको नेतृत्वमा ‘जुनियर आइडल वर्ल्ड’ मा सहभागी हुन थाइल्याण्ड पुगेको टिम बुधबार नेपाल फर्किएको छ । जुन ८ देखि जुन १३ सम्म थाइल्याण्डमा भएको ‘जुनियर आइडल वर्ल्ड’ मा सहभागी हुन उक्त टिम थाइल्याण्ड पुगेको हो । जसमा विश्वभरका १२ वटा देश सहभागी भएको थियो ।

नेपालबाट मोहना इन्टरनेशनल जुरी बनेर थाइल्याण्ड पुगेकी थिइन् भने ‘जुनियर आइडल वर्ल्ड’ को प्रतिस्पर्धीको रुपमा नेपालबाट अर्पण श्रेष्ठ र तृषा महर्जन गएका थिए । अपर्ण पाचौँ ‘जुनियर आइडल वर्ल्ड’ बने भने पृषाले जुनियर राइजिङ स्टारको अवार्ड पाएकी थिइन् । नेपालालबाट प्रतिनिधित्व गर्दा कस्तो महशुस भयो भन्ने प्रश्नमा मोहना भन्छिन्–‘मेरो निकै रमाइलो अनुभव रह्यो । हाम्रो लागि स्वागत पाटी राखिएको थियो । नेपालबाट हाम्रो बालबालिकालाई प्रतिस्पर्धीको रुपमा लिएर जाँदा गर्व लागिरहेको थियो । हाम्रो बालबालिकाले पनि अन्य प्रतिस्पर्धीसँगै राम्रो प्रस्तुति दिए । १२ देश मात्र सहभागी भए पनि विभिन्न विद्या भएकोले प्रतिस्पर्धी बालकालिका धेरै थिए । विभिन्न मैले धेरै पिजेन्टमा बालबालिका लगिसकेको छु त्यसमा पनि युरोप भन्दा एसियामा प्रतिस्पर्धी कडा नै हुन्छ । इन्टरनेशनल जुरीको रुपमा धेरै देशमा पुगिसेको छु । त्यसमा पनि ‘जुनियर आइडल वर्ल्ड’ को व्यवस्थापन निकै राम्रो थियो । प्रतिस्पर्धा पनि टप थियो । नेपालबाट प्रतिनिधित्व गर्दा खुसी लाग्यो । हाम्रो बालबालिकाले पनि धेरै कुरा सिक्ने अवसर पाए । हामीसँग गएका अभिभावकको लागि पनि नयाँ अनुभव थियो । सबै अनुभव राम्रो थियो तर ड्रेसका कुरामा अन्य देशले धेरै महत्व दिँदा हामीले त्यति दिन सकेनौँ ।’

नेपालबाट प्रतिनिधित्व गर्दा सुरुमा आफू केही आत्तिएको थिए । आफूसँगै गएको साथीले कस्तो गर्छिन भनेर केही डर लागे पनि पछि आफूले राम्रो प्रस्तुति दिएको अपर्णले बताए । त्यसैगरी पृषाले आफूले ‘जुनियर आइडल वर्ल्ड’ मा प्रतिस्पर्धी गर्ने सुनौलो अवसर पाएकोमा आफूलाई त्यहाँसम्म पुर्याने शिक्षक, परिवार सबैलाई धन्यबाद व्यस्त गरिन् । साथमा आफूले नेपालबाट प्रतिनिधित्व गर्दा गर्व लागेको बताइन् । ‘जुनियर आइडल वर्ल्ड’ मा अर्पणको अभिभावक सुनिल श्रेष्ठ र स्यारन श्रेष्ठ पनि गएका थिए । सुनिलले भने–यो मेरो पहिलो अनुभव हो । नेपालबाट दुई जना प्रतिस्पर्धीमा एक मेरो छोरा पनि थियो ।मलाई यो देखेर गर्व महसुस भएको थियो । हामी मात्र नेपाली पोशाकमा सजिएका थियौँ । सबैजनाको ध्यान हामी तिर नै थियो । त्यतिबेला हामी नेपाली हुनुमा गौरव महसुस भइरहेको थियो ।

त्यसैगरी पृषाको अभिभावक पूर्णिमा श्रेष्ठले भनिन्–‘यो मेरो पहिलो अनुभव हो । त्यहाँ निकै रमाइलो भयो । अन्तराष्ट्रिय स्टेशमा आफ्नो छोरीलाई देख्दा गौरव महसुस भयो ।’ मोहनाले समाजमा बेग्लै पहिचान बनाएकी छन् । सामाजिक सेवामा रमाउने मोहना एक शिक्षिका हुन् । शिक्षा क्षेत्रमा केही गर्ने उदेश्यका साथ कार्यरत मोहनाले काठमाडौंको ज्ञानोदय स्कुलबाट शिक्षिकाको रुपमा आफ्नो यात्रा अगाडी बढाएकी थिइन् । जहाँ उनी सामाजिक शिक्षा विषयको शिक्षिका थिइन् । उनले लिटिल एञ्जल्समा पनि करिब १४ वर्ष काम गरेकी छिन् । उनले आफ्नो जीवनको ३ दशक यस क्षेत्रमा बिताएर अनगिन्ती अनुभव हासिल गरेकी छिन् । अहिले नेसनल एकेडेमी हाई स्कूलमा प्रिन्सिपलको रुपमा कार्यरत छिन् । उनले शिक्षण पेसासँगै मर्निङ ग्लोरी इभेन्ट म्यानेजमेन्टमार्फत धेरै इभेन्टहरु गरेकी छिन् । उनले विशेष गरी बालबालिकाहरुलाई लक्षित गरेर अन्तराष्ट्रिय स्तरको ट्यालेन्ट शो गर्दै आएकी छिन् । जसमा ‘लिटिल च्याम्प’ र ‘सुपर किड्स’ लाई मानिसहरुले बढी चिन्ने गरेका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : ५९ बजे