Logo

समाचार

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारी बेपत्ता



ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् ।

तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ । थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : १८ बजे