Logo

प्रदेश

भूम्या पर्वको अवसरमा मुख्यमन्त्री केसीद्धारा शुभकामना व्यक्त



रोल्पा । मगर समुदायको भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शुभकामना व्यक्त गरेका छन् । यो पर्व रोल्पा र रुकुम पूर्वमा मगर समुदायको अगुवाईमा सबै समुदायले भव्य रूपमा मनाउने पर्व भएको हुँदा लुम्बिनी प्रदेश सरकारले रोल्पा र रुकुम पूर्व जिल्लामा असार १ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिएको विज्ञप्ती मार्फत जानकारी गराउदै मुख्यमन्त्री केसीले शुभकामना व्यक्त गरेका हुन् ।

‘लुम्बिनी प्रदेशको रोल्पा र रुकुम पूर्वका जिल्ला लगाएत प्रदेशका विभिन्न स्थानमा बसोबास गर्ने समुदायको लोकप्रिय पर्व भूम्या २०७९ को उपलक्ष्यमा प्रदेशबासी,देशबासी र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं निरन्तर समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ मुख्यमन्त्री केसीद्धारा शुभकामना सन्देशमा भनिएको छ ।

लुम्बिनी प्रदेश बहु जाती, बहु भाषिक र बहु संस्कृतिले भरिपूर्ण भएको हुँदा प्रदेशको विविध जाती, भाषा, संस्कृति र भेषभुषालाई एकीकृत गरि अगाडि बढेमा समृद्ध प्रदेश निर्माण गर्न सकिने समेत मुख्यमन्त्री केसीले बताएका छन् ।

यस्तै सबै समुदायको चाड पर्वलाई प्रदेश सरकारले समान पूर्वक मान्यता प्रदान गर्दै सबैको सहमति, सहकार्य, सहअस्तित्व,
तथा भाईचारा सद्भावलाई विकास गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कुरामा आफू विश्वस्त भएको समेत बताए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : ५८ बजे