काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन हेटौँडामा आयोजित कार्यक्रम बहिष्कार गरेर काठमाडौं फर्किएका छन् ।
हेटौँडामा आयोजित अभिमुखिकरण कार्यक्रममा काठमाडौं महानगरपालिकालाई गाली गरेको भन्दै मेयर साह कार्यक्रम बहिष्कार गरेर काठमाडौं फर्किएका हुन् ।
शाहले सोमबार साँझ नै ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो’ भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। कार्यक्रममा वागमती प्रदेशका आर्थिक माामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले काठमाडौंको फोहोर काठमाडौंमै व्यवस्थापन गर्नुपर्ने भन्दै असन्तुष्टि जनाएपछि मेयर साह असन्तुष्ट भएका हुन् ।
प्रमुख शाहका सहयोगी कुमार बेनले मौका हुँदा पनि केही नगर्ने ठाउँरकार्यक्रममा बस्ने औचित्य नदेखेर काठमाडौं फर्किएको जानकारी गराए।
“मलाई व्यक्तिगतरूपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौंसँग र काठमाडौैंवासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने रु मेरो प्रश्न यति हो ।” उनले भने, “काठमाडौं केवल राजधानी मात्रै होइन, अझ वागमती प्रदेशको लागि त एउटा पालिका मात्रै हो तर काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो । गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ-कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ । गाली र आलोचना नै सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरवासीहरूको सुन्ने छु । अथवा, सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्ने छु,” मेयर साहले भनेका छन् ।
शाहले गाली र आलोचना नै सुन्नुपर्दा आफ्नै महानगरवासीको सुन्ने बताएका छन्।
प्रतिक्रिया