Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

समाचार

चालक अनुमति पत्रमा वर्ग थपका लागि अनलाइन आवेदन खुल्यो



काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ । विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो ।

यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो ।

विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोस पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने जानकारी दिएका हुन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ९ : ४३ बजे