Logo

अर्थ

हरेक दिन उकाले लाग्दै अमेरिकी डलरको भाउ



काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ पुगेको छ । यो दर सोमबार १२४.२४ रुपैयाँ थियो । एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो ।

युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ । युरो १३० रुपैयाँ ९५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ । अष्ट्रेलियन डलर ८७ रुपैयाँ २१ पैसा रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ९ : ३३ बजे