Logo

Breaking News 1

अमेरिकी सैनिक जनरल फ्लिन प्रधानमन्त्रीसँग भेटवार्ता सकेर राष्ट्रपतिलाई भेट्न पुगे शितल निवास



काठमाडौं । चार दिने भ्रमणका लागि नेपाल आएका मेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

फ्लिन प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री र फ्लिनबीच दुई देशको सम्बन्ध र नेपाल–अमेरिका सुरक्षा सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

देउवासँगको भेटवार्ता लगत्तै जनरल फ्लिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न राष्ट्रपति निवास शितल निवास पुगेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ३ : ०९ बजे