Logo

खेलकुद

भारतमाथि दक्षिण अफ्रिकाको जित



काठमाडौं । पाँच श्रृंखलाको पहिलो टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले सात विकेटले पराजित गरेको छ । यससँगै पाँच श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।

विहीबार दिल्लीमा भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

दक्षिण अफ्रीकाको जितमा रस्शी भान डेर डुसेनले अविजित सर्वाधिक ७५ रन बनाए । यस्तै डेभिड मिलरले ६४ रनको योगदान गरे । भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो ।

भारतका इशान किशनले सर्वाधिक ७६ रन बनाए । यस्तै, श्रेयस इयरले ३६ तथा कप्तान ऋषव पन्तले ३६ जोडे । दक्षिण अफ्रीकाका केशव महाराज, एन्रिच नोर्किया, पर्निल र ड्वाने प्रिट्रोरियसले एक–एक विकेट लिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ७ : ०२ बजे