Logo

समाचार

नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा



काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्यान्हदेखि सो खण्ड सुचारु भएको हो ।

इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।

बुधबार राति ११ : १५ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२ : ०५ बजेबाट सञ्चालनमा आएको हो । यस्तै नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका-६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान ११ : ५० बजे पन्छाइएको हो । रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १ : ५५ बजे