Logo

मुख्य समाचार

सिसडोल पुगेर मेयर बालेनले भने-केमिकल हालेर एक हप्ताभित्र दुर्गन्ध हटाउँछौँ



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिसडोल क्षेत्रमा केमिकल हालेर दुर्गन्ध हटाउने प्रतिबद्दता जनाएका छन् ।

शुक्रबार बिहान नुवाकोटको सिसडोल पुगेका मेयर साहले सिसडोलका स्थानीयलाई फोहोर बिर्सजन गर्न अवरोध नगर्न अनुरोध गरेका हुन् । मेयर साह र उपमेयर सुनीता डंगोलसहित महानगरको टोलीले सिसडोलका स्थानीयसँग छलफल गरेको हो ।

स्थानीयका कुरा सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्रमा दुर्घन्ध हटाइने बताए । त्यसका लागि केमिकल लिएर आउने गाडीमा स्थानीयले अवरोध गर्न नहुनेमा जोड थिए ।

साहले फोहोरबाट मल बनाउने सिस्टम जडान गरेर त्यहाँको फोहोरलाई मलमा परिणत गर्ने बताए । ड्रिल गरेर ग्यास निकाल्ने योजना समेत अगाडी सारेको भन्दै साहले यी दुवै कामको लागि कम्तिमा चार महिनाको समय लाग्ने उनले बताए ।

छलफलको क्रममा स्थानीयले राज्यसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा फोहोर विर्सजन गर्न नदिएको बताएका थिए । फोहोर र मानिसहरू एकै ठाउँमा बस्न नसकिने भन्दै चाँडो भन्दा चाँडो त्यसको व्यवस्थापन गर्न पनि मेयरसँग आग्रह गरे ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १२ : ५० बजे