काठमाडौं । नेपाली महिला टोलीको घातक बलिङमा आईसीसी यू-१९ महिला टी-२० विश्वकप एशिया छनोटमा महिला टोलीले विजयी सुरुवात गरेको छ।
एशिया छनोटको पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा ओभरमा ३८ रन जोड्दा अलआउट भयो।
कतारकी कप्तान साची धड्वाल र श्रुतिबेन रानाले १४/१४ रन बनाए । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी सृष्टि जैशीले ३ तथा अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले २/२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगरले अविजित ३२, सृष्टि जैशीले अविजित २३, सानु राजवंशीले २१ र अन्जली विश्वकर्माले ११ बनाए ।
कतारकी साची ढड्वाल र अलिना खानले १-१ विकेट लिए । अब नेपालले दोस्रो खेलमा युएईविरुद्ध भोलि शनिबार खेल्नेछ छ ।छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् ।
एसिया छनोटअन्तर्गत ६ टोलीमध्ये शीर्षस्थानमा रहने टोली दक्षिण अफ्रिकामा हुने पहिलो यू-१९ महिला टी-२० विश्वपको लागि छनोट हुनेछ।
प्रतिक्रिया