काठमाडौं । बलात्कार आरोप लागेका अभिनेता पल शाहको मुद्वामा अहिले उच्च अदालत पोखरामा बहस जारी छ ।
न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरूले बहस गरिरहेका हुन्।
पल शाहको ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्दैछन्। जिल्ला अदालतले १० चैतमा शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।
जिल्ला अदालतको निर्णयविरुद्व शाहले १५ चैतमा उच्च अदालतमा निवेदन दिएका थिए ।
प्रतिक्रिया