Logo

अर्थ

एक महिनाभित्रै ७० करोडको आईपीओ आउँदै



काठमाडौं । ७० करोड रुपैयाँ बराबरको आईपीओ छिट्टै आउने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिईसकेकाले तीन वटा कम्पनीहरुले ७० करोड रुपैयाँ बराबरको आईपीओ एक महिनाभित्रै जारी गर्नेछन् ।

त्यसरी आईपीओ जारी गर्ने कम्पनीहरुमा एउटा लघुवित्त कम्पनी र दुई वटा हाइड्रो पावर कम्पनीहरु रहेका छन् । बोर्डबाट ति कम्पनीहरुले जेठ १० र ११ गते मात्रै अनुमति पाएका हुन् । आदर्श लघुवित्त वित्तिय संस्था, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन रहेका छन् ।
तीन कम्पनीहरुले ६९ करोड ९० लाख ९१ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछन् ।

आदर्श लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमित पाएको छ । त्यस्तै, राप्ति हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले भने ३९ करोड ८२ लाख ५० हजार मूल्य बराबरको आईपीओ निष्काशन गर्नेछ ।

आदर्श लघुवित्तको आईपीओ निष्काशन बिओके क्यापिटलले गर्दैछ भने राप्ति हाइड्रोपावरको आईपीओ निष्काशन गर्ने जिम्मा सिद्धार्थ क्यापिटलले पाएको छ । स्वेतगंगाको बिक्रि प्रबन्धकमा भने सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ९ : ३५ बजे