Logo

मुख्य समाचार

नायिकामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा



काठमाडौं । कबड्डी-४ की नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले पक्राउ परेका फुर्वा लामालाई रिहा गर्न निर्देशन दिएपछि उनी रिहा भएका हुन् ।

एक वर्ष भन्दा कम समय सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्ने कानुनी व्यवस्थाअनुसार प्रजिअ रिजालले रिहा गर्न निर्देशन दिएका हुन् ।

निर्दोष व्यक्तिलाई अनाहकमा फसाइएको भन्दै नायिकाको चर्को विरोध भएको थियो । उनको विरोधमा मंगलबार विरोध प्रदर्शनसमेत भएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  २ : १२ बजे