काठमाडौं । एक जना दर्शकलाई थप्पड हानेर प्रहरीकहाँ बुझाएको प्रकरणले सिनेमा घरमा राम्रो व्यापार गरिरहेको फिल्म कबड्डी ४ को पोस्टर जलाइएको छ।
चबहिलस्थित केएल टावरमा रहेको सिनेमा घरमा फिल्म प्रदर्शनमा रोक लगाउँदै विरोध प्रदर्शन गरिएको हो । दर्शक फुर्वा तामाङलाई थप्पड हानी अभद्र व्यवहार गरेको भनी प्रहरीलाई बुझाइएको थियो।
तामाङले माफी मागेर भूलबस छुन पुगेको पनि भनेका थिए। तमाङको रिहाई र अभिनेत्रीले झुठो आरोप लगाएको आरोप लगाउँदै अभिनेत्रीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनको क्रममा उनीहरूले कबड्डी-४ को पोष्टर समेत जलाएका थिए।
प्रतिक्रिया