Logo

गण्डकी प्रदेश

पोखरा विमानस्थलमा उडान अवरुद्ध



पोखरा । पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको हो ।

पोखरामा हुने बिहानका उडानहरु अवरुद्ध बनेका सुवेदीले जानकारी दिए ।

विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न पाएन । अहिले क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम जारी छ ।

विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर काम भैरहेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ८ : ३३ बजे