Logo

Breaking News 1

तारा एयर दुर्घटना: २० जनाको शव संकलन (अपडेट)



काठमाडौं । आइतबार मुस्ताङको थासाङ-२ मा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २० जनाको शव संकलन गरिएको छ । दुई जनाको शव खोजी भइरहेको जनाइएको छ ।

संकलन भएका शव पनि सेनाले कोवाङ क्षेत्रमा झारेको छ। अहिलेसम्म १० वटा शव कोवाङमा झारिएको सेनाले जानकारी दिएको छ।

तारा एयरको नाइन एन एईटी ट्विनअट्टर जहाज आइतवार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको केही मिनेटमा बेपत्ता भएको थियो।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ३ : ४९ बजे