Logo

मुख्य समाचार

सर्वोच्चले रोकेको निजगढ विमानस्थल निर्माण अघि बढाउन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन



काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तत्कालै अघि बढाउन सरकारका नाममा निर्देशन जारी गरेको छ।

समितिको सोमबार बसेको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएका कानुनी र अन्य अड्चन हटाई निर्माण कार्य तत्कालै अघि बढाउन सरकारलाई भनेको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेलले नेपालको अर्थतन्त्रलाई सबल बनाउने भएकाले पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने बताए ।

राष्ट्रिय हितअनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै दृष्टिकोणबाट उचित नदेखिएको उनको भनाई रहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  २ : ३७ बजे