Logo

Breaking News 1

बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता



काठमाडौं । बलात्कार मुद्दामा हदम्याद हटाउन मागसहित संघीय संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरिएको छ ।

सत्तारुढ नेपाली कांग्रेसका चार सांसदले संसद सचिवालयमा सोमबार दिउँसो संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसका सांसदहरू डा. डिला संग्रौला, सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले प्रस्ताव दर्ता गराएका हुन् ।

संकल्प प्रस्तावमा समाजको आवश्यकता, बदलिँदो परिवेशलाई हेरेर हदम्यादको विषय परिवर्तन गर्न र जबर्जस्ती करणीमा हदम्याद नराखी कानुन संशोधन गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  २ : ०१ बजे