काठमाडौं । पोखराबाट जोमसोमका लागि आइतबार विहान उडेको दुर्घटनाग्रस्त तारा एयर सवार सबै यात्रुको शव काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइने भएको छ।
क्षतविक्षत अवस्थामा रहेका शवको डिएनए परिक्षण गरि सम्बन्धित परिवारलाई बुझाइने छ। सोमबार विहान दुर्घटना भएको विमान यार्सागुम्बा टिप्नेले पत्ता लगाएपछि सेनाको एउटा हेलिकोप्टर उक्त स्थानमा पुगेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोओर्डिनेशन सेन्टरका अनुसार सबै शव काठमाडौं ल्याउने तयारी भए पनि मौसम प्रतिकूलतका कारण कति समय लाग्ने भन्ने यकिन छैन।
हालसम्म १४ शव फेला पारिएको र अन्य ८ को खोजी भइरहेको सेन्टरका प्रवक्ता देवचन्द्र कर्णले बताए। शव काठमाडौं ल्याएर पोष्टमार्टम गरिने बताइएको छ ।
प्रतिक्रिया