काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नेभएका छन् ।
आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर बालेन साहलाई आज शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउनेछन् ।
शपथ ग्रहण पछि मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै बोर्ड बैठक बसेर मेयर साहले पहिलो निर्णयमा हस्ताक्षर गर्ने बताइएको छ ।
प्रतिक्रिया