Logo

Breaking News 1

विमान दुर्घटना: १४ जनाको शव संकलन



काठमाडौं । आइतबार मुस्ताङको थासाङ-२ मा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएको १४ जनाको शव संकलन गरिएको छ ।

सोमबार बिहानैबाट शव संकलन सुरु गरिएकोमा अहिलेसम्म १४ जनाको शव संकलन गरिएको प्रहरीले जानकारी दिएको छ । संकलन गरिएका शवको पहिचान भने हुन सकेको छैन ।

२२ जनामध्ये अन्य शव संकलनको कार्य भइरहेको छ । शवहरु भीरमा रहेकाले संकलनमा समस्या भइरहेको उद्दारकर्ताले जानकारी दिएका छन् ।

तारा एयरको नाइन एन एईटी ट्विनअट्टर जहाज आइतवार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको केही मिनेटमा बेपत्ता भएको थियो।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १० : ५९ बजे