Logo

Breaking News 1

तारा एयर दुर्घटना: अधुरै रह्यो मुक्तिनाथ दर्शन गर्ने गोले परिवारको इच्छा, सातै जनाको एकै चिहान



काठमाडौं । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा विमानमा सवार चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको छ ।

नेपाली सेनाले हिजोदेखी खोजी जारी राखेपनि आज बिहान बल्ल मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा जाहाज फेला पारेको हो ।

मृत्यु हुनेमा एकै परिवारका सात जना सदस्य रहेको पुष्टि भएको छ । धनुषाको मिथिला नगरपालिका–११ का एकै परिवारका सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका छन् ।

उनीहरु मुक्तिनाथ दर्शनका लागि जोमसोम जाँदै थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ९ : २१ बजे