Logo

मुख्य समाचार

तारा एयरको जहाज मुस्ताङको मानापाथी हिमाल नजिक भेटियो



काठमाडौं । पोखरादेखि जोमसोमका लागि उडेको तारा एयर लाइन्सको जहाज मुस्ताङको मानापाथी हिमाल नजिक भेटिएको खोजविनमा निस्केको नेपाली सेनाको टोलीले जनाएको छ ।

आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको हो ।

स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको खबर आएको सैनिक स्रोतले जनाएको छ ।
त्यहाँ जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्फ गएका छन् । नेपाली सेनाको हवाइ फौज कोवाङ भन्ने स्थानमा छ, अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा तीन घन्टाको दूरीमा पर्छ ।

पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०ः०७ पछि सम्पर्कविहीन भएको थियो । विमानमा रहेका यात्रुका आफन्त पोखरा विमानस्थलमा पुगेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ५ : ०८ बजे