Logo

समाचार

टेक्सासको युलेस सिटीमा नेपाली परिकार पाइने ‘ठमेल बियर गार्डेन’ संचालनमा



काठमाडौं । अमेरिकाको टेक्सास स्थित युलेस सिटीमा नेपाली परिकार पाइने ‘ठमेल बियर गार्डेन’ संचालनमा आएको छ ।
परदेशमा समेत मातृभूमिको स्वाद पस्किने प्रयास सहित ‘ठमेल बियर गार्डेन’ संचालनमा आएको हो ।

युलेसमा पछिल्लो एक वर्षदेखि ‘ठमेल बियर गार्डेन’ले टिपिकल नेपाली स्वाद पस्किंदै आइरहेको छ । परदेशमा समेत मातृभूमिको स्वाद पस्किने परिकल्पनालाई साकार बनाउँदै व्यवसाय सञ्चालन गरेको सञ्चालिका उर्मिला ढकालले बतएकी छन् ।

चितवनको भरतपुर महानगरपालिका १० स्थायी ठेगाना भएकी ढकाल र उनका केही साथीहरू मिलेर ‘ठमेल बियर गार्डेन’ रेस्टुरेन्ट सञ्चालन गरिएको हो । नेपाली स्वाद पस्किदैं आएको रेस्टुरेन्टले आगामी जुन ४ मा विशेष कार्यक्रमको समेत आयोजना गरेको छ ।

पूर्व मिस नेपाल शृङ्खला खतिवडाको प्रमुख आतिथ्यतामा डिजे डीआईडीको संगीतका पारखीहरूले झुम्न पाउने छन् । स्थानीय समय अनुसार साँझ ५ बजेबाट सुरु हुने कार्यक्रममा स्पेशल नेपाली खानाका परिकार ‘नेपाली थाली’ सेटको स्वाद लिन पाउने छन् भने चाउमिन, मम, सेकुवा, मटन, तास लगायतका परिकारको पनि स्वाद लिन पाइनेछ भने । पूर्व मिस नेपाल खतिवडाको साथमा बसेर डिनर तथा लञ्च गर्न सकिने जनाइएको छ ।

परदेशमा रहेर पनि नेपाली मौलिक स्वादको अन्तर्राष्ट्रियकरण गर्दै गरेकी एक नारीको सफलतालाई हौसला प्रदान गर्न उक्त कार्यक्रममा सहभागी हुन लागेको पूर्व मिस नेपाल खतिवडाको भनाइ छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ११ : ३३ बजे