Logo

Breaking News 1

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन



काठमाडौं । पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा उडेको नाइन एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको नागरिक उडयन प्राधिकरणले जानकारी दिएको छ ।

विमान म्याग्दीको घाेडेपानीसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्क टुटेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

१९ यात्रु सवार रहेको जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएको जानकारी प्राप्त भएको छ । विमानको खोजी सुरु गरिएको छ ।थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १० : ५८ बजे