Logo

मनोरञ्जन

जापानमा बसेर नेपाली गीत–संगीतमा कलम चलाउँदै शर्मिला तामाङ



काठमाडौं । गीत संगीत सुख दुखको संगम हो सुख–दुखमा, मिलन–बिछोड र उकाली–ओरालीमा चाहिने भनेको गीत संगीतनै हो भन्ने गरिन्छ । गीतको भाषा नबुझेपनि संगीतको धुनले मात्र पनि नचाउन हसाउन र रुवाउन सक्छ।

एउटा गीत तयार गर्न एक जनाको मात्रै भूमिका हुदैन ठुलो टिमको कामले मात्रै एउटा गीत तयार गर्ने गरिन्छ गीत बानाउनको लागि सुरुवातमा सर्जक अर्थात गीत लेख्ने मान्छेको खाचो हुन्छ गीत तयार पार्नका लागि मुख्यतया गीत कोर्न जरुरि छ सर्जक बिना गीत बन्न सक्दैन, धेरै सोचेर कल्पना गरेर मात्रै गीत लेख्ने गरिन्छ ।

आफु पराइ भूमिमा रहेर पनि आफ्नो कलम चलाउने एक नारि हुन् शर्मिला तामाङ् उनले जापानमा बसेर गीत संगीतमा आफ्नो कलम चलाउने गरेकी छन् गीत संगीत जोगाउने उद्श्यले आफुले कलम चलाउने गरेको उनि बताउछिन ।

शर्मिला तामाङ् गीत लेख्ने सगीत भर्ने देखि लिएर पछिल्लो समयमा आफै स्वर दिने पनि गरेकी छिन उनले लेखेको एउटा गीत पान खायो मायाले चुना हालेर भन्ने गीतले बजारमा चर्चा पनि कमाएको थियो ।

शर्मिला तामाङ्ले एक दर्जन भन्दा बढी गीतमा आफ्नो कलम चलाइसकेकि छन्, भने केहि गीतहरुमा आफ्नो स्वर पनि भरिसकेकी छन् । उनले कलम चलाएका गीतहरु ‘पिरतीको डोरीले बेरौ बेरौ भो’, ‘पहिले पहिले’, ‘पान खायो मायाले चुना हालेर’, ‘ठुली कान्छी’, ‘आयो आधुनिक जमाना’, ‘हावा चल्यो’ ‘लुगा त लाउने श्य्मा र बक्खु’ र ‘मेलम्चीको पानि’ बजारमा आईसकेका छन् ।

अहिले पछिल्लो समयमा आएका हावा चल्यो, ठुली कान्छी, मेलम्चीको पानि लगाएतका गीत हरुमा तामाङ्ले नै स्वर भरेकी छन् । समय अनुसार लेख्ने मात्रै नभएर संगीत भर्ने र गाउने काम गरेको उनि बताउछिन् ।

फेरी आउने समय अनुसार आफ्ना प्रस्तुति लिने उनको कोसिस जारि रहेको तामाङ्को भनाई छ । ‘अहिले सम्म बजारमा आएका गीतहरु धेरैले माया गरिदिनु भएको छ । र आउने गीत हरुलाई पनि यस्तै माया गर्दिनु हुनेछ भन्ने आसा लिएकी छु,’ तामाङले भनिन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ९ : १५ बजे