Logo

समाचार

मझुवागढी परिसर सरसफाई



खोटाङ । प्रगतीशिल युवा सञ्जालले खोटाङले धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी परिसर सरसफाई गरेको छ । सञ्जालमा आवद्ध युवाको समूहले शनिबार दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित कालिका भगवती देविस्थान जाने सिँढी तथा गढी परिसर आसपासमा यत्रतत्र छरिएका फोहोरमैला सरसफाई गरेको हो । दर्शन एवं भ्रमणका लागि मझुवागढी जाने स्थानीयले जथाभावी मिल्काएका शिशा तथा प्लाष्टिकका बोत्तल, बिस्कुट, चाउचाउ लगायतका फोहोरमैला संकलन गरेर जलाइएको प्रगतीशिल युवा सञ्जालका अध्यक्ष यलम्बर राईले बताए ।

मझुवागढी सरसफाई अभियानलाई निरन्तरता दिइने सञ्जालले जनाएको छ । सञ्जालले मझुवागढीमा लगातार दुई पटक सरसफाई गर्ने योजना अघि सारेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ६ : ३३ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।