काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज (शनिबार) राति हुँदैछ ।
फ्रान्सको पेरिसमा हुने फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।
उपाधिका लागि लिभरपुल र रियल मैदान उत्रदै गर्दा विश्वको ध्यान पेरिसमा केन्द्रित हुनेछ । युरोपियन फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिताको उपाधिका लागि दुई ठुला क्लब भिड्दै छन् ।
स्टेट डे फ्रान्समा दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् । लिभरपुल यस सिजन तेस्रो उपाधिको खोजीमा छ । ह्याट्रिक उपाधिका लागि लिभरपुल च्याम्पियन्स लिग जित्न चाहन्छ ।
लिभरपुलले पछिल्लो पटक २०१९ मा उपाधि जितेको थियो । लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ ।
ला लिगा च्याम्पियन रियल च्याम्पियन्स लिगमा सर्वाधिक सफल टोली हो । रियलले कीर्तिमानी १३ पटक उपाधि जितेको छ ।
प्रतिक्रिया