Logo

Breaking News 1

राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा



काठमाडौं । कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा दिएकी हुन् ।

गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २ सय ७१ जना र नरबहादुर साँवासहित ५ सय ४७ तथा उमाकान्त पराजुलीसहित १६ जनालाई यही जेठ १५ गतेदेखि कैद माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गणतन्त्र दिवस-२०७९ भोलि मनाइँदैछ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ८ : ५६ बजे