Logo

Breaking News 1

मन्त्री झाँक्री भन्छिन्-‘विमानस्थल बनाउन नपाउने निर्णय कतैबाट प्रभावमा परेर आयो’



काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण रोक्न गरेको आदेश प्रभावित भई आएको टिप्पणी गरेकी छन् ।

आज आयोजित नयाँ शहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा अदालतमाथि प्रश्न गर्दै उनले अदालतको उक्त आदेश प्रभावमा परेर आएको टिप्पणी गरेकी हुन् ।

उनले निजगढ विमानस्थल रोक्ने सर्वोच्चको आदेश कुन आधारमा टेकेर आएको हो ? भन्दै प्रश्न गरिन् ।

उनले भनिन, ‘रूख फाँड्ने कुरा, जग्गा अतिक्रमण गरेर बसेकाहरूको कुरालाई समातेर अदालतले निर्णय गरेको भए पनि त्यसको विकल्प खोज्न सकिने थियो । तर, विमानस्थल नै बनाउन पाइँदैन भन्ने आदेश अस्वभाविक छ ।’

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १ : ०९ बजे